मन्त्रिमण्डल पुनर्गठन हुँदै, को को बन्दैछन् नयाँ मन्त्री ? यी मन्त्रीको हुँदैछ विदाई

मन्त्रिमण्डल पुनर्गठन हुँदै, को को बन्दैछन् नयाँ मन्त्री ? यी मन्त्रीको हुँदैछ विदाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको जारी विवाद समाधानका लागि कार्यदल गठन भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठनक तयारीमा लागेका छन् ।  दुई अध्यक्षले वरिष्ट नेताद्धय माधव नेपाल र झलनाथ खनालसँगको सहकार्यमै नयाँ मन्त्री छान्ने काम गरिरहेको स्रोतको दाबी छ । 

नेकपाको सचिवालयमा रहेका नेताहरुमध्ये पूर्वप्रधानमन्त्रीबाहेक सबैजनालाई मन्त्रिपरिषदमा लैजाने गरी तयारी भैरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेलमध्ये पौडेल मन्त्रिपरिषद्मा सहभागि हुने पक्का भएको भएपनि गौतम र श्रेष्ठको बारेमा भोलि बस्ने सचिवालयले निर्णय दिने बताइएको छ ।  गौतमलाई मन्त्री बनाउन राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुपर्ने भएकोले प्रक्रियामा केही समय लाग्ने भएकोले उनलाई दोस्रो चरणमा दोस्रो वरियतामा उपप्रधानमन्त्री बनाउने सम्भावना छ । 

त्यस्तै बेदुराम भूषाल, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल, जनार्दन शर्मा, देवेन्द्र पौडेललाई मन्त्री बनाउन ओली प्रचण्ड सहमत छन् । कार्यकाल २ वर्ष पार गरेका रामबहादुर थापा, प्रदीप ज्ञवाली र वर्षमान पुनबाहेकका मन्त्रीहरुलाई विदाई गर्ने ओली प्रचण्डको तयारी रहेको छ । 

दोस्रो चरणमा कम्तिमा ३ मुख्यमन्त्री फेर्ने विषयमा पनि ओली प्रचण्ड सहमत भएका छन् । वागमती, कर्णाली, प्रदेश ५ र प्रदेश १ मध्ये तीनवटा प्रदेशका मुख्यमन्त्री परिवर्तन हुनसक्ने स्रोतको दावी छ । साथै बिभिन्न प्रदेशका प्रदेश मन्त्रीहरु फनि फेरबदल गर्ने तयारी भैरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।