नेकपाको विवाद समाधानको लागि कार्यदल बनाएकोमा मन्त्री भट्टराईले दिए यस्तो प्रतिक्रिया

नेकपाको विवाद समाधानको लागि कार्यदल बनाएकोमा मन्त्री भट्टराईले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले कार्यदलमार्फत् पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाउनुको अर्को विकल्प नरहेको बताएका छन्।

नेकपाले शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्य कार्यदल गठन गरेपछि समाजिक सञ्जाल फेसबुकमा लेख्दै मन्त्री भट्टराईले कार्यदलबाटै विवाद समाधानको बाटो खोज्नु पर्ने बताएका हुन्।

‘नेकपामा उत्पन्न समस्या र गत्यारोधको समाधानका लागि कार्यदलमार्फत प्रक्रिया सुरु हुनु सकारत्मक छ,’ भट्टराईले भनेका छन् ‘पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाउनु बाहेक अर्को कुनै विकल्प छैन।’