कार्टुन क्रिउमा किन भयो खटपट (भिडियो सहित)

कार्टुन क्रिउमा किन भयो खटपट (भिडियो सहित)

काठमाडौं : नृत्यबाट सबैको मन जितेको डान्स गु्रप ‘कार्टुन क्रिउ’मा क्रिउ मेम्वरबिच खटपट भएपछि चार जना सदस्यले क्रिउ छाडेका छन् । काटुर्न क्रिऊका सरोज अधिकारी र आश्मा विश्वकर्माले एकलौटी गरेको आरोप लगाउदै लाक्पा लामा, राम गुरुङ, सुविन अधिकारी , र विकास राईले क्रिउ छाडेको जनाएका छन् ।

उनिहरुले सामाजिक सञ्जाल युट्युबमा भिडियो अपलोड गरेर आफुहरुले क्रिउ छाड्नुको कारण जानकारी गराएका हुन् । उनिहरुले सरोज अधिकारी र आश्माले समान हैसियत भएका टिममेम्वरलाई सधै होच्याउने र अगाडी बढ्ने अवसर नदिएको गुनासो गरेका हुन् ।

केही दिन पहिले सरोज र आश्माले युट्युबमा भिडियो बनाएर लाक्पाले डिप्रेसन भएर छोडेको बताएका थिए । यता छाडेका चार जनाले भने साथिहरुबिच फाटो ल्याउन सरोज उद्धत रहेको अरोप लगाएका छन् भने आर्थीक पारदर्शीता समेत नभएको बताएका छन् । बाकी जानकारीकालागि तलको लिङकमा क्लिक गरेरु पुरा भिडियो हेर्नुहोस् ।

https://youtu.be/67H8XUw4jOE