बृहत् सहमति गरेर विवाद समाधान गर्न ओली-प्रचण्ड सहमत,  पौडेलको संयोजकत्वमा कार्यदल गठन

बृहत् सहमति गरेर विवाद समाधान गर्न ओली-प्रचण्ड सहमत,  पौडेलको संयोजकत्वमा कार्यदल गठन

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे  जारी विवाद समाधान गरी वृहत सहमति गरेर अगाडि बढ्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाआल सहमत भएका छन् । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा ओली र प्रचण्डबीच विवाद समाधानको लागि कार्यदल नै गठन गरेर वृहत सहमति गर्ने  निर्णय भएको हो ।

पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।  सो कार्यदलमा नेताहरू डा भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे सदस्य रहेका छन् । 

उनीहरुले आगामी महाधिवेशनदेखि निर्वाचनसम्मलाई लक्षित गरेर शीर्ष नेताहरुको कार्यविभाजनदेखि जारी विवादको समाधान तथा राजनीतिक विचारधाराको पनि समाधान खोज्नेछन् । 

गत असार १० गतेदेखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेपछि पार्टी आन्तरिक विवादमा फसेको थियो । विवाद बढ्दै जाँदा पार्टी फुट्नसक्ने बिभिन्न आँकलन भएरहेको बेलामा नेकपामा सहमतिको लागि कार्यदल बनेपछि नेकपा नेता तथा कार्यकर्तामा उत्साह पैदा भएको छ ।