ओली–प्रचण्डबीच वार्ता हुँदै, आजै निकास निकाल्ने तयारी

ओली–प्रचण्डबीच वार्ता हुँदै, आजै निकास निकाल्ने तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार पनि वार्ता हुँदैछ ।  प्रधानमन्त्री निवास बालुवाटारमा हुने द्विपक्षीय वार्तामा सहमतिका विविध विकल्पबारे छलफल हुने बताइएको छ । 

स्रोतका अनुसार बिहीबारको वार्ता सकारात्मक रूपमा अघि बढेको छ । सकेसम्म आजै निकास निकाल्नेगरी सहयोगीसमेत राखेर वार्ता अघि बढाइएको स्रोत बताउँछ । विहान ११ वजे वार्तामा बस्ने तय भएको भएपनि तयारीको लागि केही समय ढिलाई हुने बताइएको छ । 

हिजोको छलफलमा प्रधानमन्त्रीसमेत रहेका ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल तथा प्रचण्डका तर्फबाट जनार्दन शर्मा सहभागी थिए । कुराकानीका क्रममा कार्यदल नै बनाएर सहमतिको साझा प्रस्ताव तयार पर्ने विषय पनि उठेको छ । यद्यपि त्यसबारे प्रचण्डले अरू नेतासँग पनि कुरा गर्न चाहेको मूर्त रूप पाउन नसकेको बुझिएको छ ।