१० अर्ब कहाँ गयो ? प्रधानमन्त्रीले दिए कडा जवाफ

१० अर्ब कहाँ गयो ? प्रधानमन्त्रीले दिए कडा जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले १० अर्ब खायो भन्दै भएको आलोचनाप्रति असन्तुष्टि जनाएका छन् ।

एपीवान टेलिभिजनका लागि भुषण दाहालसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले सरकारले प्रदेश तथा स्थानीय तहलाई पठाएको पैसालाई लिएर आलोचनाको 'पोलिटिक्स' खेल्ने काम भएको बताएका हुन् ।

कोरोना महामारीका बीच १० अर्ब खर्च भएको सार्वजनिक भएपछि सडकदेखि सदनसम्म त्यसको तीव्र आलोचना भएको थियो ।

सडकबाट त्यसको जवाफ समेत मागिएको थियो ।

के भने प्रधानमन्त्री ओलीले ?

अलिकति पोलिटिक्स खेल्ने कुरा पनि भयो ।

१० अर्ब लगभग प्रदेश र स्थानीय तहमा पठाइयो । त्यो एकुरेट हिसाब होइन, १० अर्ब पुग्यो होला भनेर कसैले भन्यो ।

अनि खोइ दश अर्ब भनेर (कराइयो) ?

८ अर्ब कति पठाएको रहेछ त्यतिबेला । खोइ दश अर्ब ? खाए-खाए भनियो ।

एउटा कस्तो भने नि पैसा भन्नेबित्तिकै खाए भन्ने बुझ्ने ।

तल पठाइएको हो । पैसा भएन भने स्थानीय तहले क्वारेन्टीन कसरी बनाउन सक्छ ? त्यो सबै प्रबन्ध कसरी गर्न सक्छ ? पठाइदिनुपरेन ?

हामीले स्थानीय तहका जनप्रतिनिधिलाई, प्रशासनलाई विश्वास गरेर पठाउनुपर्‍यो । कि यो कराउने मान्छे जो छ उसैलाई पैसा दिएर यो गर भन्नुपर्ने हो र हामीले ? दश अर्ब तल पठाइयो भन्ने आफैं हिसाब होइन ?

खर्च भइसक्या छैन हिसाब कसरी आउँछ ?

औषधि खरिदमा भ्रष्टाचार भयो भन्ने कुरामा छानबिन गरिरहेका छौं ।

यस्तो महामारीमा कसैले १ रुपैयाँ मात्र पनि अनियमितता गरेको रहेछ भने सैह्य हुँदैन, कारवाही हुन्छ ।