सिमसिमे पानीमाका गायक प्रेमराजा महतलाई कोरोना

सिमसिमे पानीमाका गायक प्रेमराजा महतलाई कोरोना

काठमाडौं । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता केसीलाई कोरोना संक्रमण देखिएको छ। अमेरिकामा बस्दै आएका महतले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै आफू र पत्नी दुवै संक्रमित भएको जानकारी गराएका हुन् ।

समुदायका सम्पूर्ण दिदीबैनी दाजुभाइ तथा इष्टमित्रहरूमा हार्दिक अपिलसहित उनले लेखेका छन्, ‘यदि हामीले समयमै सतर्कता अपनाएनौं भने विश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाउने वाला छैन। ध्यान राख्दा राख्दै दुर्भाग्यबस हाम्रो श्रीमान् श्रीमति पनि यसबाट बच्न सकेनौँ।’

संक्रमण पुष्टि भएपछि अहिले आफूहरु आफ्नै घरको एक(एक कोठामा आइसोलेसनमा बसेको र छोरा डा सरगम महतको निरीक्षण र निगरानीमा रहेको जानकारी गायक गराएका छन् । गायक महत अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूतसमेत रहेका छन् ।