अनमोल र उपासनामा कोरोना संक्रमणको आशंका, भोलिसम्म रिपोर्ट आउने

अनमोल र उपासनामा कोरोना संक्रमणको आशंका, भोलिसम्म रिपोर्ट आउने

काठमाडाैं । नायक अनमोल केसी तथा नायिका उपासना सिंह ठकुरीमा कोरोना संक्रमण सरेको आशंका गरिएको छ ।  यमाहाको ब्रान्ड एम्ब्यासडर रहेका अनमोलको केही दिन अगाडि विज्ञापनका लागि फोटोसुटको क्रममा संक्रमितसँग हेलमेल भएका थिए ।   अनमोल र  उपासनाको फोटोसुटका क्रममा हेलमेल भएका यमाहा बाइकको कार्यलयमा ६ जनालाई कोरोना संक्रमण देखिएपछि अनमोल र उपासना  कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । 

अनमोल र  उपासनाले २ दिन अगाडि कोरोना परीक्षण गरेको भएपनि रिपोर्ट अहिलेसम्म आइसकेको छैन । भोलिसम्म उनीहरुको रिपोर्ठ आउने बताइएको छ । उनीहरु दुबैजना आ आफ्नै घरमा आइसोलेसनमा बसेका छन् ।  

अनमोल र उपासनामा कोरोनाको कुनै लक्षण देखिएको छैन । परिवारसँग पनि दुरी बनाएर बसिरहेको उनीहरुले बताएका छन् ।