फ्रान्समा दुब्ला मोडललाई प्रतिबन्ध !

फ्रान्समा दुब्ला मोडललाई प्रतिबन्ध !

फ्रान्सले एकदमै दुब्ला-पातला फेसन मोडलहरूमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ । र, उक्त कानुन उल्लंघन गर्नेलाई बढीमा ७५ हजार युरोसम्मको जरिवाना र बढीमा ६ महिनासम्म जेल सजाय हुनसक्ने प्रावधान समेत रहेको छ !
 
आफ्नो स्वास्थ्य प्रतिकूल हुने गरी दुब्लो बन्ने होडबाजीमा लागेर पछिपछि भोक नलाग्ने बिमारी अर्थात् एनोरेक्सिया रोगबाट ग्रसित हुने भएकाले अकालमा ज्यान समेत जान सक्ने खतरा बढेको कारण नै यस्तो कानुन पारित गर्नुपरेको हो । फ्रान्समा मात्रै यस रोगबाट पीडित ३० हजारदेखि ४० हजार मानिसमध्ये पनि ९० प्रतिशत महिला रहेको तथ्यांक छ ।

कम तौल भएका मोडललाई नियमन गर्ने फ्रान्स पहिलो देश भने होइन । यसअघि नै इटाली, स्पेन र इजरेलले यसबारे कानुन ल्याइसकेका छन् । नपत्याए मोटाघाटा अर्थात् खाइलाग्दा प्लस साइजका मोडलहरू हेरौं ।