पूर्वमाओवादी नेताहरुले नै माग्न थाले प्रचण्डको राजीनामा

पूर्वमाओवादी नेताहरुले नै माग्न थाले प्रचण्डको राजीनामा

काठमाडाैं । नेपाल कम्यसनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेपछि शुरु भएको नेकपाको विवाद अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै राजीनामा माग्ने विन्दुसम्म तन्किएको छ । यसअघि ओलीनिकट केही नेताहरुले ओलीको राजीनामा मागेको भन्दै प्रचण्डकै राजीनामा मागेका थिए । तर अहिले भने पूर्वमाओवादी निकट नेताहरुले नै प्रचण्डको राजीनामा मागेका छन् । 

पछिल्लो समय ओलीसँगै मिलेर अगाडि बढ्न नेताहरुले प्रचण्डलाई सुझाव दिएका थिए । तर ओली सहमतिमा पनि नआएको र राजीनामा पनि नदिएको भन्दै प्रचण्डले नै राजीनामा दिएमा ओलीमाथी नैतिक संकट पर्ने भन्दै राजीनामा दिन प्रचण्डलाई सुझाव दिने गरेका छन् । 

स्थायी कमिटी सदस्य हरीबोल गजुरेलले नेकपाभीत्र प्रचण्ड सेरेमोनियल जस्तो देखिएको भन्दै ओलीले एकतर्फि रुपमा स्थायी कमिटी बैठक स्थपगत गरेपछि प्रचण्डले  राजीनामा दिनु पर्ने तर्क गरेका छन् । 

गजुरेलले प्रधानमन्त्रीसँगको भेठमा पनि उनले मैले एक्लै कसरी राजीनामा दिनु भनेको बताए । ओलीको पनि दुबै अध्यक्षले राजीनामा दिंउ भन्ने आशय रहेको गजुरेलको भनाई थियो ।