ओली र प्रचण्डबीच वार्ता सुरु, खनाल र नेम्वाङमा पनि सहभागी

ओली र प्रचण्डबीच वार्ता सुरु, खनाल र नेम्वाङमा पनि सहभागी

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधानाको लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि वार्ता सुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच  सुरू भएको वार्तामा वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङ पनि सहभागी रहेका छन् ।

ओली र दाहालबीच आइतबार पनि तीन घण्टा वार्ता भएको थियो ।  उक्त वार्ता निष्कर्षविहिन भएपछि ओली(दाहाल आज पनि वार्तामा जुटेका हुन् । एक व्यक्ति एक पदको एजेण्डा चर्काउँदै प्रचण्ड(माधव समूहले ओलीलाई सकेसम्म दुबै पद नत्र कम्तिमा एक पदबाट राजीनामा गर्न दबाब दिएपछि स्थायी कमिटी बैठक अघि बढ्न सकेको छैन ।

असार १० गते सुरू भएको स्थायी कमिटी बैठकमा एजेण्डामा नभएको विषयलाई बैठकमा प्रवेश गराएको भन्दै ओली पक्षीय नेताहरूले विरोध गर्दै आएका छन् । ओलीले बैठक चलिरहेकै बेला सार्वजनिक कार्यक्रमार्फत भारतको निर्देशनमा नेकपाकै नेताहरू सरकार ढाल्न उद्यत भएको आरोप लगाएपछि उनको राजीनामाको विषय स्थायी कमिटीमा पनि प्रवेश गरेको थियो ।

हिजोको वार्तामा चैतमा महाधिवेशन गर्ने र ओलीले प्रचण्डलाई अध्यक्ष पद सुम्पनेगरी सहमति गर्ने तयारी भएको स्रोतको दाबी छ ।