सुशान्त आत्महत्या केसमा नयाँ खुलासा– सो दिन फ्ल्याटमा थिए अन्य ४ जना

सुशान्त आत्महत्या केसमा नयाँ खुलासा– सो दिन फ्ल्याटमा थिए अन्य ४ जना

बलिउड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरको दिन उनको फ्ल्याटमा अन्य ४ जना पनि रहेको खुलेको छ ।

आजतकका अनुसार कूक निरज सिंह सो दिन फ्ल्याटमै थिए । उनी ११ मे २०१९ बाट सुशान्तसँग रहँदै आएका थिए ।

यसैगरी अर्का कूक केशव बचनर तथा हाउस किपर दिपेश सावन्त पनि फ्ल्याटमा थिए ।

सुशान्तको फ्ल्याटमा उक्त दिन रहेका चौथा व्यक्ति थिए, आर्ट डिजाइनर सिद्धार्थ रामंतमुर्ती ।

सुशान्तको आगामी प्रोजेक्टका लागि डिसकसन गर्न आएका उनी लकडाउनका कारण त्यहीँ रोकिएका थिए ।

सुशान्तलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै उनकी गर्लफ्रेन्ड रियाचक्रबर्तीविरुद्ध प्रहरीमा जाहेरी परिसकेको छ ।

प्रहरीले अनुसन्धान गरिरहेको छ ।