रिया चक्रवर्तीको कारण सुशान्तले आत्माहत्या गरेको भन्दै प्रहरीमा उजुरी

रिया चक्रवर्तीको कारण सुशान्तले आत्माहत्या गरेको भन्दै प्रहरीमा उजुरी

पटना । आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुतका बाबुले पटनाको एक प्रहरी चौकीमा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका विरूद्ध एफआईआर दर्ता गरेका छन्। पटना सेन्ट्रल जोनका प्रहरी निरीक्षक संजय सिंहले एफआईआरमा सुशान्तका बाबुले आत्महत्या दुरूत्साहानसहित रिया विरूद्ध विभिन्न आरोप लगाएका छन्।

एफआईआरमा रियाका परिवारसहित अन्य ६ जनाको समेत नाम उल्लेख भएको जनाएका छन्। एफआईआरमाथि अनुसन्धान गर्न पटनाबाट चार सदस्यीय टोली मुम्बई पठाएको जानकारी संजयले दिए। टोलीले मुम्बई पुगेर मुद्दाका दस्तावेजहरू एकिकृत गर्नेछ।

सुशान्तका पिताले आफ्नो स्टेटमेन्टमा भनेका छन्, ‘मेरो छोरा सुशान्तले फिल्म क्षेत्र छोडेर केरलामा अर्गानिक खेती गर्न चाहन्थे, उसको साथ महेश पनि जानका लागि तयार थिए, तर रियाले यो कुराको विरोध गरेकी थिइन् ।’

सुशान्तका पिताले रियाले सुशान्तलाई आफ्नो कुरा नमाने मेडिकल रिपोर्ट दिने र सुशान्त पागल भएको बताउने धम्की दिएको पनि आरोप लगाएका छन् । उजुरीमा सुशान्तका पिताले सुशान्तले आफ्नो कुरा नमानेको र बैंक ब्यालेन्स पनि कम भइरहेका बेला सुशान्तलाई छोडेको बताएका छन् ।

‘रिया सुशान्तका साथ रहेकी थिइन्, उनी ८ जुनमा सुशान्तको घरबाट सारा सामान, ल्यापटप, क्रेडिट कार्ड र उनका पिन नम्बर र औषधिका सारा सामान लिएर गएकी थिइन्,’ उनले उजुरीमा भनेका छन् । रियाले आफ्नो फोन सुशान्तको फोनमा ब्लक गरिदिएको पनि उनले आरोप लगाएका छन् ।

सुशान्तको आत्महत्यापछि उनलाई आत्महत्याका लागि बाध्य पारिएको आवाज उठिरहेको छ। घटनाको सिबिआइ जाँच हुनुपर्ने माग सुशान्तका परिवार र उनका शुभचिन्तकको रहँदै आएको छ। घटनालाई लिएर हालसम्म ३८ जनासँग प्रहरीले सोधपुछ गरिसकेको छ। सुशान्तले गत जुन १४ मा आत्महत्या गरेका थिए।