प्रचण्ड र झलनाथ ओलीसँग वार्तामा, स्थायी कमिटी बैठक नरोक्न चेतावनी

प्रचण्ड र झलनाथ ओलीसँग वार्तामा, स्थायी कमिटी बैठक नरोक्न चेतावनी

काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनाल वार्तामा बसेका छन् ।   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा स्थायी कमिटी बैठक नरोक्न उनीहरुले आग्रह गरेको बुझिएको छ ।  

नेकपाका वरिष्ठ नेता खनालले आज बोलाइएको स्थायी कमिटी बैठक जसरी पनि सञ्चालन हुने दाबी गरेका छन् । ओलीले सल्लाहबिना नै अचानक बैठक स्थगित गरे पनि कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसाउन लागिएको खनालनिकट स्रोतले  जानकारी दियो ।  २४ जना स्थायी कमिटी सदस्य बालुवाटारमा जम्मा भइसकेका छन् । 

आोलीले बैठक स्थगित गरेपनि प्रचण्ड–नेपाल समूहका नेताहरू बालुवाटार  पुग्नुले नेकपामा थप विवादको संकेत गरेको छ । प्रचण्ड–नेपाल समूहले यसअघि आइतबार नै स्थायी कमिटी बैठक नरोक्ने  र बहुमतको आधारमा निर्णय लिंदै अगाडि बढ्ने निर्णय गरेको थियो ।