खुमलटारमा प्रचण्ड-नेपाल पक्षको भेलाले गर्यो यस्तो निर्णय, राजीनामाको तयारीमा ओली

खुमलटारमा प्रचण्ड-नेपाल पक्षको भेलाले गर्यो यस्तो निर्णय, राजीनामाको तयारीमा ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मंगलबार बस्दैछ ।  स्थायी कमिटी बैठकको रणनीति बनाउन प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु आज खुमलटारमा भेला भएका थिए। भेलाले स्थायी कमिटीले बहुमतको आधारमा निर्णय लिनेगरी अगाडि बढ्ने सकमति भएको छ । 

नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल,नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालगायत सहभागी रहेको भेलाले ओलीलाई सरकारबाट फिर्ता बोलाउने प्रस्ताव गर्ने र बहुमतबाट निर्णय गर्ने निर्णय गरेको छ । 

मंगलबारको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने र साथै ओलीलाई सरकारबाट फिर्ता बोलाउने प्रस्ताव पनि एकसाथ पेश गर्ने तयारी गरिएको छ । प्रतिवेदनमा नयाँ एजेण्डासमेत समेटेर स्थायी कमिटी बैठकबाट पारित गराउने उनीहरुको रणनीति छ।

यता पार्टी फुटाएर भएपनि कांग्रेसको साथ लिएर पुनः प्रधानमन्त्री बन्ने ओलीको सपना भने तुहिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले तत्काल कांग्रेस सरकारमा जाने वातावरण नभएको बताएपछि ओली नेकपा फुटाउने एजेण्डाबाट पछि हटेको स्रोतको दाबी छ । प्रचण्ड नेपाल समूहले बहुमतको बलमा पेलेरै अगाडि बढ्ने नीति लिएपछि ओलीले नयाँ बन्ने प्रधानमन्त्रीमा आफ्नो पनि सहमति लिनुपर्ने शर्तमा राजीनामा दिने तयारी गरेको स्रोतको दाबी छ ।