कांग्रेसले लोकतान्त्रिक चरित्र गुमाउँदै छः नेता रिजाल

कांग्रेसले लोकतान्त्रिक चरित्र गुमाउँदै छः नेता रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले गोविन्दराज जोशीसहित तीन नेतालाई पार्टीले निष्कासित गरेको प्रति आपत्ति जनाएका छन् । रिजालले ट्वीटरमा लेख्दै कारबाही गरेका नेता तथा कार्यकर्ताको नाम र सजायले आफू तरंगित भएको बताएका हुन् । उनले बिपीहरूले निर्माण गरेको पार्टीले उदार लोकतान्त्रिक चरित्र गुमाउने हो कि भन्‍ने आशंका पैदा भएको पनि बताएका छन्।   

‘हिजो पार्टीले कारबाही गर्‍या साथीहरूको नाम पढें, सजाय हेरेँ, आजसम्म मन तरंगित छ, उनले लेखेका छन्, ‘बिपीहरूले निर्माण गर्नु भएको हाम्रो पार्टीले शनै स्शनैस् उदार लोकतान्त्रिक चरित्र गुमाउने पो हो की भन्ने आशंकाले मन झनै गह्रुँगो भयो।’ हिजो शनिबार कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जनालाई  पार्टीबाट निष्कासित गरेको थियो। 

नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निष्स‍कासन गरेको विज्ञप्ति जारी गरेको थियो। जोशीलाई र पूर्वमन्त्री ओझालाई पाँच पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको  छ। डडेल्धुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्कासन गरिएको छ। उनीहरूसँग  सोधिएको स्पष्टीकरण  चित्तबुझ्दो नभएका कारण उनीहरूमाथि कारबाही गर्नु परेको अनुशासन समितिले जनाएको थियो ।