प्रचण्डप्रति पोखरेलको कटाक्ष : प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नहुनेले मैले हो भन्न कसरी सकेको ?

प्रचण्डप्रति पोखरेलको कटाक्ष : प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नहुनेले मैले हो भन्न कसरी सकेको ?

काठमाडौं । सत्तारुढ दल नेकपाका नेता एवं प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले कालापानी क्षेत्रको सीमा विवाद पुरानै भएको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कटाक्ष गर्दै प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नहुनेले मैले हो भन्न कसरी सकेको रु भन्दै प्रश्न गरे।

मुख्यमन्त्री पोखरेलले लेखेका छन्, ‘कालापानी क्षेत्रको सीमा विवाद पुरानै हो। आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा था नपाउनेले अहिले उहाँले होइन मैले हो भन्न कसरी सकेकोरु’ 

यसअघि शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले नक्सामा ओलीले एकल जस लिएको प्रति आपत्ति जनाएका थिए। उनले गत मंसिर(पुसमा बसेको स्थायी कमिटी बैठकेदेखि माघमा बसेको केन्द्रीय कमिटी बैठकले पनि नक्सा प्रकाशित गर्न गरेको निर्णयलाई सरकारले अटेर गरेको र जेठ २ गते नीति तथा कार्यक्रमअघि बसेको सचिवालय बैठकबाट मुख्य सचिवलाई फोन गरेर सो विषय थप्न लगाइएको उनले बताएका थिए।