नेकपा संकटमा छ, ओलीले निर्वाचन आयोगमा त्यसै नयाँ दल दर्ता गर्नुभएको होईन: प्रचण्ड

नेकपा संकटमा छ, ओलीले निर्वाचन आयोगमा त्यसै नयाँ दल दर्ता गर्नुभएको होईन: प्रचण्ड

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा संकटमा रहेको स्वीकार गरेका छन् । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको श्रद्धाञ्जलि कार्यक्रममा बोल्दै प्रचण्डले नेकपा संकटमा रहेको बताएका हुन् । प्रधानमन्त्री केपी ओलीप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका प्रचण्डले ओलीकै इशारामा निर्वाचन आयोगमा नयाँ दल दर्ता हुनुले पनि नेकपाभित्रको संकटको अवस्था प्रष्ट हुने बताए । 

पार्टी नेतृत्वबीच विवाद हुनेवित्तिकै एउटा नेतालाई जिन्दावाद र अर्को नेतालाई मुर्दाबाद भन्दै नारा लगाउनु आवश्यक नरहेको पनि प्रचण्डको भनाई थियो । नेपालको नयाँ राजनीतिक नक्सा जारी गर्ने निर्णय सरकारको नभई नेकपाको भएको पनि प्रचण्डको भनाई थियो । 

नयाँ नक्शा जारी भएको विषयमा कसैको देवत्वकरण गर्नु आवश्यक नरहेको प्रचण्डको भनाई थियो । पार्टी विवाद फुटतर्फ उन्मुख भएपनि आफूहरुको अन्तिम प्रयास पार्टीलाई फुटबाट जोगाउनु नै रहेको बताए ।