बादल र लेखराजले ओलीलाई साथ दिएपछि तनावमा प्रचण्ड

बादल र लेखराजले ओलीलाई साथ दिएपछि तनावमा प्रचण्ड

काठमाडौं । विवादमा अल्झेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र यतिबेला गुटगत भेला तीव्र रूपमा चलिरहेको छ । सोमवार बिहानैदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटारमा पूर्वमाओवादी पक्षका स्थायी कमिटी सदस्यहरू भेटघाटमा जुटेका हुन् ।

शनिवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले अर्ली महाधिवेशनको प्रस्ताव राखेपछि प्रचण्डले त्यसको समर्थन गरेका थिए । त्यसलगत्तै ओली र प्रचण्डको सहमति भएको समाचारहरू बाहिरिए । तर आइतवार प्रचण्ड एकाएक युटर्न भए । उनले ओलीइतर गठबन्धनलाई छिन्नभिन्न पार्न महाधिवेशनको कुरा ल्याइएको आफूलाई भेट्न गएका प्रचण्ड(नेपाल समूहका नेताहरूलाई ब्रिफिङ गरेका थिए ।

नेकपामा पूर्व माओवादी समूह छिन्नभिन्न भएको भन्दै प्रचण्डले चिन्तासमेत प्रकट गर्ने गरेका छन् । सोमवार बिहानको छलफलमा गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्ट सहभागी नभएको स्रोतले बताएको छ ।

पछिल्ला दिनहरुमा उनीहरुले प्रधानमन्त्री ओलीलाई साथ दिंदै आएका छन् । ओलीले अन्य आफ्ना नेताहरुलाई पनि बिभिन्न किसिमका प्रलोभन देखाउन थालेपछि प्रचण्डले आज खुमलटार बोलाएर सजग गराएको स्रोतको दाबी छ ।