नेकपा सचिवालय बैठक सम्पन्न, विवाद अन्त्यको लागि भयो यस्तो निर्णय

नेकपा सचिवालय बैठक सम्पन्न, विवाद अन्त्यको लागि भयो यस्तो निर्णय

काठमाडौं । नेकपा सचिवालय बैठकले पार्टीको आन्तरिक संकटलाई सहमतिका आधारमा समाधान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकमा पार्टी एकता रक्षा र सुदृढ गर्ने, जनादेशअनुसार काम गर्ने गरी पार्टीको संकट निवारण गर्ने सहमति भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

दिउँसो करिब सवा तीनमा शुरु भएको बैठक करिब सवा ७ सम्म लम्बिएको थियो। पार्टीको आन्तरिक विवादका कारण केही दिनदेखि पार्टी स्थायी कमिटी बैठक स्थगित भइरहेको अवस्थामा सचिवालय बैठक बसेको थियो। बैठकले स्थायी कमिटी बैठक भोलि दिउँसो ३ बजे बाल्वाटारमै बस्ने पनि निर्णय गरेको छ । 

सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ लागेका छन् ।अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै अर्का अध्यक्ष प्रचण्ड पनि शीतलनिवासतर्फ लागेको स्रोतले बतायो । प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब साढे ४ घण्टासम्म सत्तारुढ नेकपाको सचिवलाय बैठक बसेको थियो ।