काठमाडौं । गत आइतबार कोरोना संक्रमण पुष्टि भएकी बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना गरिएको हो ।
झण्डै एक साताअघि नै संक्रमण पुष्टि भए पनि लक्षण देखिएकाले घरमै क्वारेन्टिनमा रहेका उनीहरूलाई लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको हो । अस्पताल प्रशासनका अनुसार उनीहरुको अवस्था सामान्य रहेको र उपचार सुरू गरिएको छ ।
यसअघि गत शनिबार राती बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको पनि नानावटी अस्पतालमा नै उपचार भइरहेको छ ।