फेरि सर्‍यो नेकपा स्थायी समिति बैठक

फेरि सर्‍यो नेकपा स्थायी समिति बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक फेरि स्थगित भएको छ। असार १८ गतेदेखि पटकपटक स्थगित हुँदै आएको बैठक आज ११ बजेका लागि बोलाइएको थियो।

यी समिति बैठक अगाडि बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डबीच भएको छलफलपछि बैठक स्थागित गरिएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ११ बजे बस्ने भनिएको बैठक ३ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका छन्।

१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ। 

स्थायी कमिटी बैठकमा ओली र प्रचण्ड दुबै पक्ष आ आफ्नो रणनीतिका साथ प्रस्तुत हुने तयारीमा छन् । प्रचण्डपक्षले केन्द्रिय कमिटी बैठक बोलाएर ओलीको राजीनामा माग्ने तयारी गरेको स्रोतको दाबी छ ।