जनता समाजवादी पार्टीले पायो दल एकीकरणको प्रमाणपत्र

जनता समाजवादी पार्टीले पायो दल एकीकरणको प्रमाणपत्र

काठमाडाैं । जनता समाजवादी पार्टीले आइतबार निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको छ ।  राजपा र समाजवादी पार्टी एकीकरण भई गठन भएको जनता समाजवादी निर्वाचन आयोगले राजनीतिक दल एकीकरण भएको प्रमाणपत्र दिएको हो । 

आयोगले दिएको प्रमाणपत्रमा ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम राजनीतिक दल एक–आपसमा एकीकरण भई जनता समाजवादी पार्टी, नेपाल नामक राजनीतिक दल कायम रहने गरी आयोगबाट निर्णय भएको’ उल्लेख छ । 

राष्ट्रिय जनता दल (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरण भई नयाँ नाम राखेर निर्वाचन आयोगमा दर्ताका लागि निवेदन परेको थियो । जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले दल एकीकरण भएको प्रमाणपत्र आयोगबाट लिएको बताए ।