कोरोना पोजिटिभ देखिएपछि अमिताभ र अभिषेक अस्पताल भर्ना

कोरोना पोजिटिभ देखिएपछि अमिताभ र अभिषेक अस्पताल भर्ना

काठमाडाैं । बलिउडका चर्चित नायक अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना पोजिटिभ देखिएको छ । कोरोना संक्रमित भएपछि उनीहरु अस्पताल भर्ना भएका छ । अभिषेकले सामाजिक संजालबाट यो कुराको जानकारी दिएका हुन् ।

७७ बर्षका बलिउडका यी सफल नायकले आफूलाई विगत १० दिनयता भेट्ने सबैले कोरोना परीक्षण गर्न आग्रह पनि गरेका छन् । सुरुमा अमितावमा कोरोना पुष्टि भएको थियो । पछि परीक्षणको क्रममा अभिषेकलाई पनि कोरोना लागेको पुष्टि भएको हो । 

कोरोना परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएपछि उनीहरु लाई मुम्बइको नानावती अस्पतालमा भर्ना गरिएको छ । परिवारका अन्य सदस्यहरुको रिपोर्ट आइसकेको छैन ।