जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी आयोगमा दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।  

आयोगको बुधबार बसेको बैठकले जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । जसपाले दल दर्ताको लागि एक महिना अघि आयोगमा निवेदन दिएको थियो । 

एकीकरणअघि संसदमा तेस्रो र चौथोँ दलको हैसियतमा रहेको पार्टी एकीकरणपछि अब संसद्को तेस्रो शक्ति बनेको छ ।