नेकपा स्थायी कमिटी बैठक आज पनि स्थगित

नेकपा स्थायी कमिटी बैठक आज पनि स्थगित

काठमाडाैं ।  सत्तारुढ नेकपाकाे आज बस्ने भनिएकाे स्थायी कमिटी बैठक स्थगित भएकाे छ ।

यसअघि पनि पटक पटक स्थगित हुँदै आएकाे बैठक आज फेरि स्थगित भएकाे हाे । अर्काे बैठक असार २६ गते विहान ११ बजे बस्ने गरी ताेकिएकाे छ ।

पछिल्लाे समय नेकपाभित्र शक्ति संघर्षकै कारण बढ्दाे अन्तर्विराेध मत्थर पार्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलहरु भइरहेका छन् ।

र पछिल्लाे केही दिनयता दुईअध्यक्षबीच भएकाे एकल वार्ताले समस्या समाधान उन्मुख बनिरहेकाे नेकपा श्राेतले बताउदै आएकाे छ ।