यो वर्षको योगमाया अभियान राष्ट्रिय सम्मान उत्तमप्रसाद पन्तलाई

यो वर्षको योगमाया अभियान राष्ट्रिय सम्मान उत्तमप्रसाद पन्तलाई

काठमाडौं । शिक्षाविद् उत्तमप्रसाद पन्तलाई यस वर्षको योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान प्रदान गरिने भएको छ ।  नेपाल स्रष्टा समाजले योगका विषयमा अध्ययन अनुसन्धान गरी पुस्तक प्रकाशन गरेका शिक्षाविद् पन्तलाई सो  सम्मान प्रदान गर्न लागेको हो । २५ हजार १ सय ११ रूपैयाँ राशिसहित पन्तलाई अभिन्नदन गरिने स्रष्टा समाजले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी समाजले २०७७ सालमा प्रदान गर्ने योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान तोया गरूङलाई प्रदान गर्ने निर्णयसमेत गरेको छ । सम्मानको राशि २५ हजार १ सय ११ रूपैयाँ रहेको छ ।

समाजका अध्यक्ष विधान आचार्यले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पाल्पाका इन्द्रा गहतराजलाई दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान प्रदान गरिने भएको छ । उक्त सम्मानको राशि ११ हजार १ सय ११ रहेको छ ।

योगमायाले तत्कालीन राणा सरकारसँग समाज सुधारको माग गर्दै आफ्ना ६८ अनुयायीका साथ वि।सं। १९९८ असार २२ मा उत्सर्ग गरेकी थिइन् । यसै दिनको सम्झना गर्दै लेखन एवं अनुसन्धानमार्फत समाज सुधार गर्ने स्रस्टाहरूलाई स्रष्टा समाजले सम्मान गर्दै अएको छ ।