पोर्तुगलको लिस्बनमा गुञ्जियो बिस्काः जात्रा

पोर्तुगलको लिस्बनमा गुञ्जियो बिस्काः जात्रा

नेपाली संस्कृतिको जगेर्ना र समृद्ध परम्पराको गर्विलो इतिहास बोकेको नेवार समुदायले पोर्तुगलमा बिस्काः जात्रा सम्पन्न गरेका छन् । 

नेवाः खः लः पोर्तुगलको आयोजनामा सम्पन्न यस जात्राले प्रवासमा रहेर पनि मौलिकता नबिर्सने नेपालीहरूको सांस्कृतिक प्रतिबद्धता देखाएको छ । नेपाल संवत ११४५ चिल्लागा द्वितियाको अवसर र विक्रम संवत नयाँ बर्ष  २०८२ को स्वागतस्वरूप आयोजना गरिएको यस कार्यक्रमले परदेशमा एकताको अध्याय कोरेको सहभागीहरुले बताएका छन् । 

कार्यक्रमको आरम्भ भैरव र गणेश देवताको पूजा सँगै भएको थियो । जुन नेवार परम्परामा बिस्काः जात्राको अविभाज्य अंग हो । पूजापछि, समय अनुसारको ’समय बजि’ (नेवार परम्परागत भोजन) ग्रहण गरिएको थियो ।  कार्यक्रममा नेवाः अभियायन्ता  गंगा बहादुर  नेम्कुलले बिस्काः जात्राको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षमाथि प्रकाश पार्दै, विदेशमा रहेर पनि आफ्नो पहिचान र परम्परालाई जोगाउन सकिने धारणा राखे । 

कार्यक्रम संयोजक अमृत रत्न शाक्यले संस्कृति केवल नाचगान मात्र नभएर मानव अस्तित्वको अभिन्न अंश भएको उल्लेख गरे ।