गायक साजन कुवँरले गरे 'फुलमा माउरी डुल्ने बेलामा'को कभर गीत सार्वजनिक

गायक साजन कुवँरले गरे 'फुलमा माउरी डुल्ने बेलामा'को कभर गीत सार्वजनिक

काठमाडौं । पछिल्लो समय चर्चित गीतहरुको कभर गीत तयार गर्ने प्रचलन बढेको छ । कतिपय नयाँ गायक गायिकाहरु कभर गीतकै कारण चर्चाको शिखरमा समेत पुगेका छन् । यसै क्रममा लोक गायक साजन कुवँरले चर्चित लोक गीत 'फुलमा माउरी डुल्ने बेलामा'को कभर गीत सार्वननिक गरेका छन् । 

एकनारायण भण्डारीले लेखेको यस गीतमा राजु परियार र देवी घर्तीको स्वर रहेको थियो । कभर गीतमा भने गायक साजन कुवँर र पुजा गुरुङको स्वर रहेको छ । 

साजन कुवँर अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको गीतले टीकटकमा समेत राम्रो चर्चा पाइरहेको छ । गायक कुवँर यतिवेला तीजको गीत तयार गर्न व्यस्थ छन् । 
हेर्नुहोस् गीतको भिडियो