नायिका निरिषा बस्नेतले जितिन् कोरोनालाई

नायिका निरिषा बस्नेतले जितिन् कोरोनालाई

काठमाडाैं । नायिका निरिषा बस्नेत कोरोना संक्रमणबाट मुक्त भएकी छिन् । निरिषाका पिता नायक विश्व बस्नेतले छोरी कोरोना संक्रमणबाट मुक्त भएको बताएका छन् ।

केही दिन अगाडि कोरोना संक्रमित भएपछि निरिषा मुम्बइको एक अस्पतालमा भर्ना भएकी थिइन् । उनले, सामाजिक संजालबाट आफूलाई कोरोना भएको जानकारी गराएकी थिइन् । नायक विश्व बस्नेतले निरिषा कोरोनाबाट मुक्त भएको र क्वारेन्टाइनबाट फर्किएको जानकारी दिदै शुभेच्छुक सबैलाई धन्यवाद दिएका छन् ।

नेपाली चलचित्र ‘जानी नजानी’मा अभिनय गरेकी यी सुन्दरी मुम्बइमा रहेर मोडलिङ गरिरहेकी छिन् । उनले केही भारतीय सिरियलमा पनि अभिनय गरेकी छिन् । बलिउड फिचर फिल्मको लागि संघर्ष गरिरहेको उनले बताएकी छिन् ।