नेकपामा एमसीसी विवादः असार १० गते स्थायी कमिटी बैठक बाेलाइयाे

नेकपामा एमसीसी विवादः असार १० गते स्थायी कमिटी बैठक बाेलाइयाे

काठमाडौं ।  एक वर्षदेखि चर्चा र विवाद उच्चस्थानमा रहेको अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवादका कारण सरकार सञ्चालनदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको नियमित कामसमेत प्रभावित बनेको छ । 

संसद्बाट एमसीसी पारित गराउने विषयमा सत्तारुढ दल नेकपा एकतर्फ देखिएको छ भने त्यसविपरित ध्रुवमा पार्टी उभिएको छ । सरकार एमसीसी पास गराउने पक्षमा छ । तर, सत्तारुढ दल नेकपा भने अहिलेको अवस्थामा एमसीसी पास नगराउने स्पष्ट अडानमा उभिएको छ । 

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचमै एमसीसी विषयमा फरक मत पाइएको छ । प्रधानमन्त्री समेत रहेका ओली एमसीसी सम्झौता अनुमोदन गर्न हतारिहँदा अर्का अध्यक्ष दाहाल संशोधन गरेर मात्र अनुमोदनका लागि अगाडि बढाउनुुपर्ने पक्षमा देखिएका छन् । 

यीनै विषयमा छलफल गर्न नेकपालेे असार १० गते स्थायी कमिटी बैठक बाेलाएकाेे छ । बैठककाेे मुख्य एजेण्डानैै एमसीसी रहने बताइएकाे छ ।