सहयोगीलाई सुशान्तको अन्तिम फोन-'मेरो बुबालाई कोरोनाबाट बचाउनु'

सहयोगीलाई सुशान्तको अन्तिम फोन-'मेरो बुबालाई कोरोनाबाट बचाउनु'

नयाँ दिल्ली । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्माहत्याले बलिउड शोकमा छ । सबैले उनले गरेको आत्महत्यालाई ठूलो क्षति मानेका छन् । उनले मुम्बईमा रहेको आफ्नै घरमा सुसाइड गरेका थिए । 

तर, उनका बाबु चाहिँ पटनामा रहेको घरमा बस्ने गरेका थिए । सुशान्तका साथ उनलाई सहयोग गर्ने लक्ष्मी देवी बस्ने गरेकी थिइन् । अब लक्ष्मीले सुशान्तले आफूलाई अन्तिममा फोन गरेर भनेको कुरा खुलासा गरेकी छिन् । 

लक्ष्मीका अनुसार सुशान्तले आइतबार उनलाई फोन गरेका थिए । अहिले लक्ष्मी उनको बाबुको सहयोगका लागि पटना गएकी थिइन् । लक्ष्मीका अनुसार सुशान्तले उनलाई अन्तिममा भनेका थिए– मेरो बुबालाई कोरोना भाइरसबाट बचाउनु ।

आइतबार नै मुम्बई प्रहरीले लक्ष्मीलाई फोन गरेर सुशान्तले आत्महत्या गरेको जानकारी दिएको थियो ।