एमसीसीका विषयमा निर्णय लिन नेकपा सचिवालय बैठक बस्दै, भीम रावललाई पनि बाेलाइयाे

एमसीसीका विषयमा निर्णय लिन नेकपा सचिवालय बैठक बस्दै, भीम रावललाई पनि बाेलाइयाे

काठमाडौं । बहुचर्चित अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजनाबारे छलफल गर्न सत्तारुढ नेकपा सचिवालयको बैठक आज बस्दै छ । 

अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने छ ।

आजकाेे बैठकमा एमसीसीका विषयमा केही निर्णय गर्ने सम्भावना रहेकाे बताइएकाे छ । जसका कारण आजकाे बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ ।

नेकपा भित्रै विवादकाे कारक बनेकाे एमसीसीलाई चाँडै मूर्त रुप दिएर यही अधिवेशनमा सदनबाट पास गराउन नेकपा नेतृत्वमाथि दवाब बढिरहेकाे छ । 

प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी चाँडाे पारित गर्नु पर्ने लाइनमा भएपनि नेकपाका अधिकांश सचिवालय सदस्य त्यसलाई परिमार्जन गरेर मात्र पारित गर्नु पर्ने पक्षमा छन् । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतले भने चाँडाे सदनबाट अनुमाेदन गराउन भनिरहेकाे छ ।