‘चिनी कम रंग कडा’ फिल्मको लिरिकल भिडियो सार्वजनिक

‘चिनी कम रंग कडा’ फिल्मको लिरिकल भिडियो सार्वजनिक

काठमाडौं । नेपाली फिल्म ‘चिनी कम रंग कडा’ ले फिल्मको गीतको लिरिकल भिडियो बाहिर ल्याएको छ ।

फिल्मले ’सुगन्धि चक्षुले’ बोलको गीतको लिरिकल भिडियो सार्बजनिक गरेको हो । युट्युवाट सार्वजनिक गरिएको उक्त गीतमा मानव सुबेदी र सुशील सुबेदीको शब्द रचना रहेको छ भने संगीत तथा स्वर मानव रहेको छ ।

फिल्मको निर्देशक विवेक घिमिरे हुन् भने, यसमा मानव सुबेदी, सुशील सिटौला, अनु थापा, सुर्य थापा, रबिन जंग थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायतका अभिनय छ ।

याकोपो राचलिक र लुक मौसेरीको छायांकन रहेको सिनेमामा मानव सुबेदीको पाश्र्व संगीत र कृष्ण भण्डारीको सम्पादन छ ।
गणेशदेव पाण्डेको निर्माण तथा लेखन रहेको फिल्मलाई ओटिटी प्लेटफर्म मार्फत रिलिज गर्ने तयारी गरिएको छ ।

फिल्मले यसअघि नै टिजर सार्वजनिक गरिसकेको छ ।