निजी सवारीमा जोर बिजोर प्रणाली शुक्रवारदेखि नै लागू हुने, भोलि जोर सञ्चालन हुने

निजी सवारीमा जोर बिजोर प्रणाली शुक्रवारदेखि नै लागू हुने, भोलि जोर सञ्चालन हुने

काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएसँगै निजी सवारी साधन पनि चल्न दिने निर्णय गरेको छ । निर्णय अनुसार निजी सवारी साधन जोर बिजोर प्रणालीमा लागू हुनेछ । उक्त नियम शुक्रवारदेखि नै लागू हुनेछ । 

सरकारको निर्णय अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोर बिजोर शुक्रवारदेखि लागू गर्ने तयारी गरेको हो । शुक्रबार जोर नम्बरका सवारी साधन साधन सञ्चालन हुनेछन्।