बाबुरामले दिए सरिता गिरीलाई कारवाहि गर्ने संकेत

बाबुरामले दिए सरिता गिरीलाई कारवाहि गर्ने संकेत

काठमाडौं । नवगठित जनता समाजवादी पार्टीका चौंथो हैसियतमा रहेका बाबुराम भट्टराईले सरिता गिरीलाई कारवाहि गर्ने संकेत दिएका छन् । 
उनले सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै, जोसुकैले राष्ट्रिय स्वाधिनतामा आँच आउने काम गरेपनि उसलाई कारवाहि गरिछाड्ने संकेत गरेका हुन् । 

उनले लेखेका छन्, ‘जनता समाजवादी पार्टी देशको गम्भीर र जिम्मेवार पार्टी हो । यसका नेता–कार्यकर्ता कसैले पनि देशको भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामा कुनै पनि प्रकारले आँच पु¥याउने कार्य गर्नुहुँदैन र गर्न सक्दैनन् । जो–कसैले गरे पनि त्यस्ता कार्य दण्डनीय हुन्छन् । कसैलाई कुनै भ्रम नहोस् ।’

सरिता गिरी तत्कालीन संघीय समाजवादी पार्टीबाट समानुपातिक कोटामा प्रतिनिधिसभामा सांसद भएकी थिइन् । पार्टीले चाहेको अवस्थामा उनलाई संसद् पदबाट फिर्ता बोलाउन सक्छ । तर, अहिले समाजवादी पार्टी र राजपाको बीचमा एकीकरण भएर जनता समाजवादी पार्टी गठन भइसकेको छ । पार्टी एकीकरण भए पनि संसद्मा राजपा र समाजवादी नै अहिले अस्तिवमा छन् ।

नक्सासम्बन्धी संशोधन सरकारले ल्याएसँगै गिरीले संसद्मा अनावश्यक रूपमा पार्टीलाई बदनाम गराएको भन्दै कारबाही गर्ने सक्ने नेताहरूले बताएका छन् । बुधबार समाजवादी संसदीय दलको प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति निकालेर गिरीलाई आफनो संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छन् ।