स्थगित एसईई परीक्षा नलिने सरकारको निर्णयः सबै व्यवसाय खुल्ने, निजी सवारीमा जोर बिजोर लागू हुने

स्थगित एसईई परीक्षा नलिने सरकारको निर्णयः सबै व्यवसाय खुल्ने, निजी सवारीमा जोर बिजोर लागू हुने

काठमाडौँ । सरकारले यो वर्षको एसईई परीक्षा नलिने भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले परीक्षा नलिने निर्णय गरेको हो । आन्तरिक मूल्याङ्कनकै आधारमा स्तरवृद्धि हुनेछ । कक्षा ११ मा पनि यही नियम लागू हुनेछ । 

स्तरवृद्धि प्रमाणित गर्नेगरी परीक्षा नदिने निर्णय भएको हो । आन्तरिक मूल्याङ्कनलाई आधार मान्न सरकारमाथि दबाब भइरहेको थियो । एसईई सुरु हुनुभन्दा एक दिनअघि परीक्षा स्थगित भएको थियो । 

यस्तै, बैठकले विभिन्न प्रकारका व्यवसाय सञ्चालनको अनुमति दिने निर्णय गरेको छ । विस्तृत खाका बिहीबारमात्र सार्वजनिक हुनेछ । निजी सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय पनि बैठकले गरेको छ ।