संशोधन प्रस्ताव फिर्ता लिन सरिता गिरीलाई समाजवादी पार्टीको निर्देशन, कारबाही गर्ने चेतावनी

संशोधन प्रस्ताव फिर्ता लिन सरिता गिरीलाई समाजवादी पार्टीको निर्देशन, कारबाही गर्ने चेतावनी

काठमाडौँ । संविधान संशोधनको आधारभूत मर्म विपरीत प्रस्ताव दर्ता गरेकी सांसद सरिता गिरीलाई उक्त प्रस्ताव फिर्ता लिन पार्टीले लिखित निर्देशन दिएको छ । 

संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले गिरीलाई लिखित रुपमा नै संशोधन प्रस्ताव फिर्ताको निर्देशन दिएका छन् । 

गिरीले बुधबार संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् । जसमा सरकारले ल्याएको विधेयकको मूल मर्म नै सकिने खालको थियो । समेटिएको भूभाग समेत जारी गरेको नक्सा तथ्य प्रमाण नभएको भन्दै हटाउन गिरीको माग थियो ।