कोरोना विशेष अस्पतालको चोरीका विषयमा प्रहरीमा जाहेरी

कोरोना विशेष अस्पतालको चोरीका विषयमा प्रहरीमा जाहेरी

काठमाडौं । भरतपुर महानगरपालिकाको अगुवाइमा स्थापना गरिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा भएको अनियमितता र चोरीका विषयमा प्रहरीमा जाहेरी दर्ता भएको छ ।

महानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित उपप्रमुखसहित वडाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यका तर्फबाट तीन वडाध्यक्षले किटानी जाहेरीसहित उजुरी दर्ता गरेका हुन् । अस्पतालमा भएको चोरीका विषयमा निष्पक्ष छानबिन गर्न उनीहरुले महानगर प्रमुखसँग माग गर्दै आएका थिए ।

कोरोना अस्पतालको स्टोरबाट सामान बोकेर बाहिरिँदै गरेको सीसीटिभी फुटेज बाहिरिएपछि उनीहरुमाथि कारवाहीको माग जनप्रतिनिधिले गर्दै आएका थिए ।

फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले अस्पतालमा छापा मारेर कागजात लगेको छ । आफूहरुको माग सुनुवाइ नभएको भन्दै जनप्रतिनिधिका तर्फबाट वडाध्यक्ष चित्रसेन अधिकारी, चन्द्रमित्र पण्डित र दामोदर न्यौपानेले सामूहिक रुपमा उजुरी दर्ता गराएका हुन् ।