पोखरामा प्रहरीको बल प्रयोग गरेर गाडियो कोरोना संक्रमितको शव

पोखरामा प्रहरीको बल प्रयोग गरेर गाडियो कोरोना संक्रमितको शव

पोखरा । गण्डकी प्रदेशको स्थानिय सरकारले प्रहरी प्रशासनको बल प्रयोग गरेर कोरोना संक्रमितको शव गाडेको छ । महानगरपालिकाले रोजेको ठाउँमा स्थानीयले शव गाड्न नदिएपछि १९ घण्टामा प्रहरीले बल प्रयोग गरेर शव गाडेको हो । 

स्थानियले कोरोना संक्रमितको शव गाड्न नदिने भन्दै विरोध जनाएपछि लामो समयसम्म के गर्ने भन्ने टुंगो लागेको थिएन ।  

जसले गर्दा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसन वार्डमा लामो समयसम्म स्याङ्जा वालिङका ६० वर्षीय पुरुषको शव राखिएको थियो । ३ जना कोरोना संक्रमित सँगै ६० बर्षीय पुरुषको शव पनि १९ घण्टासम्म  रह्यो । 

शव व्यवस्थापनमा ढिलाई भएपछि उपचारत अन्य संक्रमित र उनका आफन्तहरु निकै आत्तिएका थिए ।