तिलोत्तमा हत्या प्रकरण : मृतकको खुल्यो परिचय

तिलोत्तमा हत्या प्रकरण : मृतकको खुल्यो परिचय

रुपन्देही । रुपन्देहीमा अवस्थित तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छीबजारमा भएको सामुहिक हत्याकाण्डमा ज्यान गुमाउने ५ जनाको परिचय खुलेको छ । मारिनेमा १ महिला र ४ पुरूष रहेका छन् । उनीहरूको नाम खुलेपनि ठेगाना भने खुलेको छैन ।

घटनामा मारिनेमा ४० बर्षिया माधव मुसहर, उनकी श्रीमती ३७ बर्षिया जानकी मुसहर रहेका छन् । मारिनेमा अर्का १४ बर्षका पोसराज मुसहर रहेका छन्, जो अनाथ भएकाले फर्मका संचालक कृष्ण बहादुर पुन मुसहरको दम्पतीले पालेका थिए । त्यस्तै १७ बर्षका करूण चौधरी र उहि उमेरको आशिष चौधरी रहेका छन् ।

करूण सोही फर्मभित्रको एक घरमा बस्दै आएका थिए भने आशिष उनका साथी हुन् । कान्छी बजार घर भएका आशिष दुई दिनदेखि त्यहाँ बस्दै आएका थिए ।

कान्छीबजारको मैनहवा स्थित स्थानीय कृष्ण बहादुरको गंगादेवी पशुफर्ममा उनीहरूको सबैको सामुहिक हत्या भएको हो । घटनामा संलग्न भएका आशंकामा सुर्खेतका ३२ बर्षिय झखेन्द्र सिजांलीलाई प्रहरीले पक्राउ गरेको छ । सिजांली सोही फर्ममा काम गर्ने कामदार हुन् ।

प्रहरीले उनलाई गोठको भुसमा लुकिरहेको अवस्थामा पक्राउ गरेको बताएको छ साथै उनको मानसिक अवस्था समेत ठीक नभएको बताइन्छ । प्रहरीले हाल घटनाको अनुसन्धान गरिरहेको छ ।