सिरियलकी कलाकारले बाँडिन् कोरोना संक्रमित हुँदाको अनुभव

सिरियलकी कलाकारले बाँडिन् कोरोना संक्रमित हुँदाको अनुभव

काठमाडाैं । गएको हप्ता ‘ये रिस्ता क्या कहेलाती है’ टेलिसिरियलकी कलाकार मोेहेना कुमारी सिंहलाई कोभिड १९ अर्थात कोरोना भाइरस देखियो । उनीसँगै उनका परिवारका अन्य पाँच सदस्यहरुको पनि कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आयो । 

अहिले उनी सहित उनका परिवारका सबै सदस्य अल इन्डिया अफ मेडिकल साइन्स, रिसिकेशमा उपचार गराइरहेका छन् । 
यहि सन्दर्भमा आफू कसरी कोरोनाको फन्दामा पर्न पुगियो भन्नेवारे मोहेनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियोमार्फत आफ्ना अनुभव बाँडेकी छन् । 

अस्पतालकै शैयाबाटै प्रत्यक्ष प्रसारणमा आएर उनले आफू कसरी कोरोना संक्रमित हुन पुगें भन्नेबारे बताएकी हुन् । त्यतिमात्रै होइन, यस्तो महामारीको अवस्थामा हामी के गर्न सक्छौं भन्नेसम्मको सल्लाह सुझाव उनले उक्त भिडियो मार्फत दिएकी छन् ।

उनले भनेकी छन्, ‘प्रायः हामी सबै कोरोना भाइरसको सम्पर्कमा पुगिसकेका छौं ।’ कोरोना बारे धेरै कुरा थाहा हुँदाहुँदै पनि कसरी मानसिक रुपमा बिचलित भइयो भन्नेबारे उनले भनिन्, ‘यो हामी र हाम्रो परिवारका सदस्यहरुका लागि पनि एउटा झट्का थियो । मानिसिक रुपमा त्यो निकै कठिन परिस्थिती थियो ।’

उनले अगाडी भनेकी छन्, ‘हामी धन्य छौं कि, समयमै यसको परिक्षण भयो, जसले गर्दा हाम्रो घरबाट भाइरस बाहिर जान पाएन र हाम्रो तर्फबाट यसको जंजिर तोड्न सफल भयौं ।’

यदि ज्वरो आए र बिरामीजस्तो अनुभूती भए अनिवार्य कोरोना परिक्षणका लागि पनि उनले सुझाएकी छन् । उनले भनेकी छन्, ‘चिन्ता लिएर घरमै छटपटाएर बस्नुभन्दा तुरुन्तै कोरोना परिक्षणका लागि अस्पताल गइहाल्नु बुद्धिमानी हुन्छ ।’

सासुलाई ज्वरो आएपछि पहिलोपटक उनका परिवारका सबैले  कोरोना परिक्षण गरेका थिए । पहिलो परिक्षणमा नेगेटिभ देखिएपनि समस्या बढ्दै गएपछि फेरी दोस्रोपटक परिक्षण गरेको र त्यो समयमा पोजेटिभ देखिएको उनको भनाई छ ।

सुरुमा जिब्रोले केहि स्वाद नपाएको तर अब त्यो समस्या हटिसकेको भन्दै उनले छिट्टै कोरोनालाई शरिरबाट हटाउन सफल हुने आशा पनि ब्यक्त गरेकी छन् ।