कोरोनाले विश्वभर १३८ नेपालीको मृत्यु, १७ हजार संक्रमित

कोरोनाले विश्वभर १३८ नेपालीको मृत्यु, १७ हजार संक्रमित

काठमाडाैं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस  संक्रमणका कारण विश्वर १३८ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएका छन् । संक्रमण दर गतसाता भन्दा ७५ प्रतिशतले कमी हो ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार सो साता कतारमा ४ जना, कुवेतमा १ जना, युकेमा १ जना गरि ६ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् । संघको पछिल्लो तथ्यांकअनुसार विभिन्न विदेशमा १ सय २५ जना गैरआवासीय नेपालीहरुको कोरोनाका कारणले मृत्यु भएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोनाभाइरसबाट प्रभावित भएका छन् । १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्र्की, नेदरल्याण्ड, र स्वीडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।

संयोजक डा। सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार ४ सय ५४ जना नेपालीमा संक्रमण गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । नेपालमा कोरोना संक्रमणको संख्या ३ हजार २ सय ३३ जना रहेका छन् भने १३ जनाको कोरोनाबाटै मृत्यु भएको छ । ३६५ जना उपचारपछि निको भएका छन् ।