२०१९ मा ऋतिक रोशन एशियाकै सबैभन्दा सेक्सी पुरुष

२०१९ मा ऋतिक रोशन एशियाकै सबैभन्दा सेक्सी पुरुष

एजेन्सी : वार फिल्म अभिनेता ऋतिक रोशन अहिले फेरी चर्चामा आएका छन् । ऋतिक रोशनको यसै वर्ष प्रदर्शनमा आएको वार र सुपर ३० ले बॉलीवुडमा निकै राम्रो कमाई गरेर बॉलीवुडमा तहलका मचाएको थियो । उनले अभिनय गरेको फिल्म वार यस वर्षको सबैभन्दा धेरै कमाउने बॉलीवुड फिल्म साबित भएको छ ।

ऋतिक रोशन अहिले एशियाकै  सबैभन्दा सेक्सी मेल पनि घोषित भएका छन् । लन्डनमा बुधवार ४ डिसेम्बरमा जारी गरिएको  अनलाईन पोलको तथ्यांङक अनुसार ऋतिक रोशनले यो उपाधि जितेका छन्।

बेलायती समाचार साप्ताहिक ईस्टर्न आईले ४५ बर्षे ऋतिकलाई आफ्नो सेक्सी एशियन मेलको सूचीमा शीर्ष स्थानमा राखेको छ । ऋतिकले यो स्थान विश्वव्यापी मतदानमा हासिल गरेका हुन् । ऋतिकले यो पटक दोहोरो मतका साथ यो स्थान पाएका हुन् ।