यी हुन् विदेशबाट ल्याउने नागरिकलाई काठमाडौंमा राख्ने होटलः चार तारे होटलसम्म क्वारेन्टाइन, हेर्नुस् सूची

यी हुन् विदेशबाट ल्याउने नागरिकलाई काठमाडौंमा राख्ने होटलः चार तारे होटलसम्म क्वारेन्टाइन, हेर्नुस् सूची

काठमाडौंः कोभिड १९ का कारण विदेशबाट फर्कने नागरिकलाई सरकारले क्रमशः स्वदेश फर्काइरहेको छ । शुक्रबारदेखि स्वदेश फर्काउने क्रम सुरु भएको छ । युएई र म्यानमारबाट दुई चरणमा नेपाली स्वदेश फर्किएका छन् । युएईबाट १६८ र म्यानमारबाट २६ नेपाली फर्किएका छन् । 

स्वदेश फर्किएसँगै सरकारले नेपालीलाई राख्ने होल्डिङ सेन्टर र क्वारेन्टाइन व्यवस्थापन गरेको छ । जिल्ला संकट व्यवस्थापन समितिको निर्णय अनुसार काठमाडौंमा विभिन्न होटललाई क्वारेन्टाइन बनाउने निर्णय भएको छ । 

होटल एशोसिएसनको समन्वयमा उपत्यकाका होटललाई क्वारेन्टाइन बनाइएको हो । यस्तो क्वारेन्टाइनमा बस्नेको खर्च व्यक्ति स्वयमले तिर्नुपर्नेछ । 

काठमाडौंका फाइभ स्टार बाहेकका अन्य होटललाई पहिलो चरणमा उपयोग गरिएको छ । चारतारे ग्रान्ड होटललाई पनि क्वारेन्टाइन बनाइएको हो । 
यी हुन् होटल