नेपाल आएर क्वारेन्टाइन बसेकी मनीषा कोइरालाको यस्तो आयो कोरोना रिपोर्ट

नेपाल आएर क्वारेन्टाइन बसेकी मनीषा कोइरालाको यस्तो आयो कोरोना रिपोर्ट

काठमाडाैं । भारतबाट मंगलबार नेपाल आएकी अभिनेत्री मनीषा कोइराला हाल काठमाडौंमै क्वारेन्टाइनमा बसेकी छन्। लकडाउनका बेला भारतमैं रहेकी मनिषा आफ्ना आमाबुवासँगै निजी गाडीबाट सडकमार्ग हुँदै नेपाल आएकी थिइन् ।

मनिष बुबा आमासँगै हाल सेल्फ क्वारेन्टाईनमा बसेका छन् । नेपाल फर्किएपछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार १४ दिन क्वारेन्टाईनमा बस्नु पर्ने भएकाले नियम पालना गर्दै सेल्फ क्वारेन्टाइनमा बसेको उनले बताएकी छिन् । साथै उनले कोरोना परीक्षण  गरेकी छिन् र सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


नेपाल भित्रिदा पनि उनीहरुले सामान्य स्वास्थ्य परीक्षण गराएरै नेपाल आएका थिए । परीक्षण नेगेटिभ आएपनि उनी १४ दिन भने क्वारेन्टाईनमै बस्नुपर्ने हुन्छ ।