गोरखापत्र संस्थानका महाप्रबन्धकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कागज खरिदमा अनियमितताको आरोप

गोरखापत्र संस्थानका महाप्रबन्धकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कागज खरिदमा अनियमितताको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइरासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कागज खरिदमा सम्झौता विपरीत भन्सार छुट गरेर संस्थानलाई हानी पुर्‍याइ र आपूर्तिकर्ता कम्पनीलाई फाइदा पुर्‍याएको भन्दै अख्तियारले शुक्रबार मुद्दा दायर गरेको हो । विशेष अदालतमा दायर मुद्दामा जनही २६ लाख १६ हजार बिगो कायम गरिएको छ ।

अख्तियारले तत्कालीन महाप्रबन्धक कोइराला, हालका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, तत्कालीन अर्थ निर्देशक रामसुन्दर चौधरी र विक्रेता कम्पनी प्रिन्टसेल इमेजिङ प्रालिका दीपककुमार भंसालीविरुद्ध मुद्दा दायर गरेको हो ।