एजेन्सी । अमेरिकास्थित भारतीय दूतावास अगाडि रहेकाे महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ ।
अफ्रिकीमुलका एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमामा तोडफोड भएको हो ।
गान्धीको प्रतिमामाथिको तोडफोड भने यही जुन २ र ३ तारिखको राति भएको बताइएको छ । तोडफोडका बारेमा अमेरिकास्थित भारतीय दूतावासले अमेरिकी अधिकारीहरुलाई जानकारी गराएको छ ।
प्रतिमामा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र पत्ता लगाएर कानुन अनुसार कारबाही गरिने अमेरिकी प्रहरीले जनाएको छ ।
गत मे महिनाको २५ मा अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मिनियापोलिसमा मृत्यु भएको थियो । अश्वेत ती व्यक्तिलाई श्वेत अमेरिकी प्रहरीले हत्या गरेको आरोप लागेको छ । हत्याको घटना प्रष्ट हुने भिडियो समेत सार्वजनिक भएको छ ।