लकडाउन कस्तो बनाउने? मोडालिटी पेस गर्न उच्चस्तरीय समितिलाई मन्त्रिपरिषद्को निर्देशन

लकडाउन कस्तो बनाउने? मोडालिटी पेस गर्न उच्चस्तरीय समितिलाई मन्त्रिपरिषद्को निर्देशन

काठमाडौं । लकडाउनको मोडालिटी मन्त्रिपरिषदमा पेस गर्न उच्चस्तरीय समितिले निर्देशन दिइएको छ । मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले सर्वपक्षीय सुझावका आधारमा तत्काल खाका पेस गर्न समितिलाई निर्देशन दिएको एक मन्त्रीले बताए । चाँडोभन्दा चाँडो मोडालिटी पेस गर्न भनिए पनि समय तोकिएको छैन । 

यसअघि उच्चस्तरीय समन्वय समितिले उद्योगी व्यवसायीका संगठनसँग परामर्श गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बुधबार विभिन्न क्षेत्रका विज्ञसँग चार घण्टाभन्दा लामो परामर्श गरेका थिए । 

परामर्शपछि लकडाउनको मोडालिटी परिमार्जन गर्ने तयारी भए पनि कस्तो बनाउने टुंगो लागिसकेको छैन । लकडाउन लम्बिँदै जाँदा व्यवसायीहरुले उल्लङ्घन सुरु गरिसकेका छन् ।  

लकडाउन भने जेठ मसान्तसम्म कायम राख्ने निर्णय यसअघि नै भइसकेको छ ।