देशभक्तिपूर्ण गीत 'दादागिरी छोड भारत'ले चर्चा कमाउँदै  (भिडियो सहित)

देशभक्तिपूर्ण गीत 'दादागिरी छोड भारत'ले चर्चा कमाउँदै  (भिडियो सहित)

काठमाडौं । नेपाल भारत सीमा विवाद उत्कर्षमा रहेकै बेला सर्जक शिव अखेलीले देशभक्तिपूर्ण गीत दादागिरी छोड भारत सार्वजानिक गरेका छन् । सार्वजनिक भएको छोटै समयमा गीत युटुबको ट्रेनिङमा पर्न सफल भएको छ भने टिकटकमा पनि भाईरल बनेको छ ।

देशभक्तिपूर्ण भावनाले ओतप्रोत उक्त गीतमा गायक सुर्य खड्का र गायिका सम्झना लामिछाने मगरको स्वर रहेको छ । गीतमा भारतले पटक पटक नेपाली भूमि अतिक्रमण गरेको र बेलाबेला नाकाबन्दी गरेर नेपालीलाई दुल्ख दिने गरेको भन्दै नेपाली विरताको इतिहास पल्टाएर हेर्न भारतलाई सुझाव दिइएको छ । 

गायक सर्जक खेम सेन्चुरीको लय रहेको यस गीतको चिभडियोमा कलाकारहरू सुर्य खड्का, सम्झना लामिछाने मगर, महेश लामिछाने मगर, सेन्सा मगर, सपना मगर, सलिना मगर, प्रतीक्षा मगरलाई देख्न सकिन्छ । गीतको भिडियो सम्पादन प्रकाश धमलाले गरेका हुन् ।

हेर्नुहोस् गीतको भिडियो: